दफा ८०
बहु बाटो इजाजतपत्र दिन सकिने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सार्वजनिक सवारीले यातायात सेवा पुर्याई रहेको बाटोमा कुनै असर नपर्ने गरी सो बाटोसँग सम्बन्धित हुन आउने अन्य बाटोमा समेत उक्त सार्वजनिक सवारी प्रयोग गर्न पाउने गरी अधिकार प्राप्त अधिकारीले बाटो इजाजतपत्र दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम एक भन्दा बढी बाटोमा यातायात सेवा सञ्चालन गर्न पाउने गरी बहु बाटो इजाजतपत्र दिंदा त्यस्तो प्रत्येक बाटोको लागि लाग्ने बाटो दस्तुर समेत सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले बुझाउनु पर्छ ।